देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सबल र लोकतन्त्रप्रति निष्ठावान् नेतृत्व आवश्यक रहेको पौडेलको भनाइ

देशान्तर

काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्ना कार्यकर्तालाई कसैको दबाब र प्रभावमा नपरी महाधिवेशन सम्पन्न गर्ने बाटोमा लाग्न आह्वान गरेका छन्।

शुक्रबारदेखि देशव्यापी रूपमा सुरु हुन लागेको वडा अधिवेशनको अघिल्लो दिन सन्देशमार्फत आफ्ना कार्यकर्ताहरूलाई निर्णय लिएर अघि बढ्न आग्रह गरेका हुन्।

नेता पौडेलले भनेका छन्, ‘यो अवस्थामा हामीले नेपालको अहिलेको परिवर्तनको रक्षा गर्दै लोकतन्त्रलाई साकार पार्ने र कांग्रेस जनताको भरोसाको केन्द्र बन्ने दिशामा हामीले काम गर्नुपर्नेछ। हाम्रो पार्टीलाई सबल, चिन्तनशील र लोकतन्त्रप्रति निष्ठावान् नेतृत्वको आवश्यक छ।’

देशमा लोकतन्त्रप्रति निष्ठावान शक्ति आवश्यक भएकाले सानातिना कुरालाई बिर्सेर कठिन संघर्षलाई मूर्त रुप दिनुपर्ने उनको भनाइ छ। उनले कांग्रेसमा लोकतन्त्रप्रति निष्ठावान नेतृत्व आवश्यक रहेको बताए।

‘नेपाली कांग्रेस जनताको भरोसाको पार्टी बनाउनुपर्छ। कसरी लोकतन्त्र संस्थागत गर्नेरु कसरी देशलाई समृद्धिको बाटोमा लानेरु भन्ने विषयमा लाग्नुपर्छ’ उनले भनेका छन्।

महाधिवेशनमा कोरोनाको महामारीको बेलामा पार गर्दै पार्टीको १४ औँ महाधिवेशन सफल बनाउनुपर्ने बताए। महाधिवेशनमा स्वास्थ्य मापदण्डलाई ध्यान दिएर लाग्न आग्रह गरे।