देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

साझा उम्मेदवार चयन नभएपछि कांग्रेसको पौडेल पक्ष कार्यकर्ता थामथुमको रणनीतिमा

देशान्तर

काठमाडौं – गुटभित्रै चर्को प्रतिस्पर्धामा रहेका नेपाली कांग्रेस संस्थापनइतर चार नेताले आगामी महाधिवेशनमा आफ्नो खेमाबाट एक जना मात्रै सभापतिको उम्मेदवार हुने आश्वासन दिएका छन् ।

समुहबाट एकल उम्मेदवारको चयनका लागि श्रृंखलावद्ध छलफल भए पनि सहमति नजुटिरहेको बेला आज वरिष्ठ नेता रामचन्द्र पौडेल, डा। शशांक कोइराला, प्रकाशमान सिंह र शेखर कोइरालाले एउटै मञ्चबाट आफूहरु एकै ठाउँमा रहेको जानकारी दिए ।

पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा आफूहरु चारमध्ये एक जनाले सभापतिमा उम्मेद्वारी दिने आश्वासन दिए ।

वरिष्ठ नेता पौडेलले आफूहरुबीच कुनै खटपर र मतभेद नरहेकाले सहमतिमै सभापतिको उम्मेद्वारको घोषणा गरिने बताए ।