देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कोरोना भ्याक्सिन बोकेर फर्केका स्वास्थ्यकर्मीको मोटरसाइकल दुर्घटनामा मृत्यु

देशान्तर

सुर्खेत – जाजरकोटको भेरी नगरपालिकामा कार्यरत एक स्वास्थ्यकर्मीको कोभिड खोप बोकेर आउँदै गर्दा मोटरसाइकल दुघर्टनामा परी मृत्यु भएको छ ।

आधारभूत स्वास्थ्य सेवा केन्द्र – ८ मुरुमा कार्यरत सि।अ।हे।व। गोपाल बहादुर कार्की खोप लिएर आउने क्रममा मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएको हो । भेरी नगरपालिकाका अनुसार कार्की मोटरसाइककमा खोप लिन आउँदै थिए ।

कोभिड- १९ विरुद्धको दोश्रो चरणको खोप लिएर स्वास्थ्य चौकी -९ स्थित भुर बाट फर्कने क्रममा वडा नं ८ र ९ को सिमानामा रहेको झुप्रा खोला नजिकैको भीरमा १६ गते साँझ मोटरसाइकल दुर्घटना हुदाँ उनको मृत्यु भएको नगरपालिकाले जनाएको छ ।

नगरप्रमुख सिपी घर्तीले एक विज्ञप्ति जारी गर्दै उक्त घटनाप्रति शोक व्यक्त गरेका छन् ।