देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

थप १७५६ जनामा कोरोना संक्रमण पुष्टि, २३ जनाको मृत्यु

देशान्तर

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर एक हजार ७५६जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १४ हजार ३३४ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार ७५६ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार नौ हजार ७७३ जनाको पिअिसार परीक्षण गर्दा एक हजार ३५७ र चार हजार ५६१ जनाको एन्टीजेन परीक्षण गर्दा ३९९ जनामा संक्रमण पुष्टि भएको हो।

आज देशभर दुई हजार २७४ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा २३ जना संक्रमितको मृत्यु भएको छ।

देशभर ३३ हजार ६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीमध्ये ३० हजार ६६२ होम आइसोलेसनमा रहेका छन्।

संस्थागत आइसोलेसनमा दुई हजार ३४४ संक्रमित छन् भने ५४० जना आइसियुमा र १५६ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ।
देशभर २७४ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।