देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सल्यानमा बस दुर्घटनाहुँदा १५ जना घाइते

देशान्तर

सल्यान — जिल्लामा शुक्रबार दिउँसो बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।

दाङको तुल्सीपुरबाट रुकुम पश्चिमका लागि छुटेको रा १ ख १७९२ नम्बरको बस सल्यानको कपुरकोट गाउँपालिका ३ जुमपानीमा दुर्घटना भएको हो । बस अनियन्त्रित भए‍र सडकको भित्तामा ठोक्किएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा कपुरकोट गाउँपालिका ५ की रेखा साहु, सीता बुढाथोकी, धनबहादुर रोका, यमकुमारी बोहरा, तीला महतारा, दार्मा गाउँपालिका ६ का प्रवेश बस्नेत, त्रिवेणी गाउँपालिका २ रुकुमका जोगबहादुर खड्का, शारदा नगरपालिका १५ का ताराप्रसाद नाथ, शारदा नगरपालिका ६ की कृष्णा गौतम, कुमाख गाउँपालिकाका हिरे राना लगायत छन् ।

अनियन्त्रित भएर भित्तामा ठोक्किएको बस सडकमै पल्टिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक अर्जुन पौडेलले बताए । घाइते भएका सबैको राप्ती उपक्षेत्रीय अस्पताल तुल्सीपुरमा उपचार भइरहेको यनले जानकारी दिए ।

उनका अनुसार बस दुर्घटनामा परेपछि प्रहरी तथा स्थानीयले घाइतेको उद्धार गरेका थिए । घाइते सबैको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक पौडेलले बताए । उनका अनुसार दुर्घटनापछि बस चालक छत्रेस्वरी गाउँपालिका ३ दारिमज्युलाका ठाकुरसिं बिक भागेका छन् ।

उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।