देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेस प्रवक्ता शर्माले भने- ‘चाँडै नै मैदानमा हुनेछु’

देशान्तर

काठमाडौँ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आसन्न महाधिवेशनका लागि चाँडै उम्मेदवारी घोषणा गर्ने बताएका छन् । शर्माले ट्वीटमार्फत् वडा अधिवेशनका सबै उम्मेदवारलाई शुभकामना दिँदै आफूले पनि चाँडै उम्मेदवारी घोषणा गर्ने बताएका हुन् ।

शुक्रबारबाट ५६ जिल्लामा कांग्रेसको वडा अधिवेशन सुरु भएको छ । ‘उम्मेदवारी घोषणा कहिले ?,’ शुभचिन्तक भित्रहरु, पार्टी पंक्ति र प्रेसको प्रश्न र जिज्ञासाप्रति आभारी छु,’ शर्माले भनेका छन्, ‘प्रवक्ताबाट रिटायर्ड हुन आएको होइन भन्दै आएको थिएँ, वडा अधिवेशन सुरु भएको आजको दिन सबै उम्मेदवारलाई शुभकामना । चाँडै नै म मैदानमा हुनेछु ।’

शर्माले सबैको शुभेच्छा र साथको समेत अपेक्षा गरेका छन् । सभापति शेरबहादुर देउवाको टिममा रहेका शर्मा महामन्त्रीको दाबेदारका रुपमा हेरिएका छन् । तर, उनले कुन पदमा उम्मेदवारी दिने ? भन्ने अहिलेसम्म खुलाएका छैनन् ।