देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एसएमजी चोरीको अभियोगमा जेल परेका दुई सैनिक थुनामुक्त

देशान्तर

काठमाडौँ । सैनिक विशेष अदालतले एसएमजी (सर्ट मेसिन गन) चोरीको अभियोगमा कारागारमा रहेका दुई सैनिक थुनामुक्त भएका छन् । एसएमजी चोरी गरेको अभियोगमा थुनामा रहेका सैनिकद्वय अमल्दार लवकुमार गुरुङ र सिपाही सरोज तामाङ निर्दोष रहेको भन्दै सैनिक विशेष अदालतले रिहा गर्न आदेश दिएसँगै उनीहरू थुनामुक्त भएका हुन् ।

थुनामुक्त भएपछि उनीहरू दुवैलाई गणमा लगिएको छ । उच्च अदालत, पाटनका न्यायाधीश तथा सैनिक विशेष अदालतका अध्यक्ष लोहितचन्द्र शाह, नेपाली सेनाका कानुन विभाग प्रमुख उपरथी रत्नप्रकाश थापा र रक्षासचिव बेगेन्द्रराज शर्माको बिहीबार बसेको संयुक्त इजलासले दुवै सैनिकलाई तत्काल रिहा गर्न आदेश दिएको हो ।

उनीहरूले संगठनको आन्तरिक मर्यादा मिचेर गैरजिम्मेवारीपूर्ण कार्य गरेको अभियोगमा भने बढुवा रोक्काको आदेश दिएको सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले जनाएको छ । गुरुङ र तामाङले साढे २ वर्षदेखि जिल्ला कारागार, चितवनमा बन्दी जीवन बिताइसकेका छन् ।