देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

चन्द्रागिरि केबलकार आजदेखि सञ्चालनमा आउने

देशान्तर

काठमाडौँ – कोरोना महामारीका कारण बन्द रहेको चन्द्रागिरि केबलकार आजदेखि सञ्चालनमा आउने भएको छ । आजदेखि नियमित रुपमा केबलकार सञ्चालन गर्न लागिएको चन्द्रागिरि हिल्सका महाप्रबन्धक अभिषेकविक्रम शाहले जानकारी दिए।

कोभिड-१९ को कारणले बन्द भएको केबलकार तथा रेष्टुरेन्ट लगायतका सेवा आजदेखि स्वास्थ सुरक्षा मापदण्डका साथ पुनः सञ्चालन हुने उनले बताए। पौराणिक महत्त्व बोकेको भालेश्वर मन्दिर दर्शन गर्न भारत लगायत अन्य देशबाट समेत पर्यटकहरु चन्द्रागिरि पुग्ने गरेका छन् ।

कम्पनीका महाप्रबन्धक शाहले चन्द्रागिरि हिल्समा आजदेखि नै जीपलाइन पनि सुरु गर्न लागेको जानकारी दिए। पछिल्लो समय चन्द्रागिरि आन्तरिक तथा बाह्य पर्यटकका लागि महत्त्वपूर्ण गन्तव्य स्थल बनिसकेको छ ।