देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

वामदेवमाथि सूर्य थापाको कटाक्ष – अस्थिरताको हिसाबले प्रचण्डको भाइजस्तै!

देशान्तर

काठमाडौं – नेकपा एमालेका नेता सूर्य थापाले वामदेव गौतमले एकै दिनमा तीनवटा कुरा गर्ने अस्थिर स्वभावको भएको टिप्पणी गरेका छन्।

एमाले उपाध्यक्षबाट राजीनामा दिएपछि थापाले नेता गौतमलाई संकेत गर्दै फेसबुकमा लेखेका छन्, ‘उनी एकै दिनमा तीन थरी कुरा गर्थे। बिहान घरबाट निस्किँदा नेकपा ९माले०को पक्षमा कुरा गर्थे। दिउँसो माओवादी बनिसक्थे। र, बेलुका दरबार पो ठिक हो कि भनेर अलमलमा पर्थे।’

अस्थिरताको हिसाबमा नेता गौतम माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को भाइजस्तै लाग्ने थापाले टिप्पणी गरेका छन्। एमालेबाट विभाजित बनेर माले बनेको २०५४-२०५८ अवधिमा पनि उनको यस्तै अस्थिरता रहेको आरोप लगाएका छन्।

उनले लेखेका छन्, ‘खासमा अस्थिरताको हिसाबले यिनी पुष्पकमल दाहालको सास्खै सानी आमाको छोरा भाइजस्तै लाग्छन् र छन्। २०५४-५८ ताका यति अस्थिर र चञ्चल व्यक्ति नेपाली राजनीतिमा को थियोरु’

प्रचण्ड र नेता गौतमको उस्तै उस्तै अस्थिरताको कारणले नेकपा हुँदै एमाले विभाजित भएर दुई तिहाइको कम्युनिष्ट सरकार र आफ्नो इतिहास समेत संकटमा परेको उनको भनाइ छ।

‘यही कारण अन्ततः नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेकपा एमालेको एकता, दुई तिहाईको कम्युनिस्ट सरकार र आफ्नै इतिहाससमेत संकटको भीरको डिलमा पुर्‍याएर आज स्वयं किनारा लाग्न पुगेरु अनि, हिजोदेखि व्यक्तिमा सीमित बने रुसही उत्तर मिलाउनुहोस्रु’ नेता थापाले लेखेका छन्।