देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

संसद् अधिवेशन बोलाउनेबारे सभामुख र सत्तारुढ घटकसँग प्रधानमन्त्रीको छलफल

देशान्तर

काठमाडौँ — सरकारले संघीय संसद्को अधिवेशन बोलाउने तयारी थालेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले संसद् अधिवेशन बोलाउनका लागि सभामुख अग्निप्रसाद सापकोटाका साथै सत्तारुढ दलका नेताहरूसँग छलफल थालेका हुन् ।

प्रधानमन्त्री देउवाले शनिबार बिहान बालुवाटारमा सभामुख सापकोटा, सत्तारुढ घटक नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका छन् ।

 

छलफलमा सहभागी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले संसद अधिवेशन बोलाउनेबारे छलफल भएको बताए ।

‘संसद अधिवेशन बोलाउनुपर्ने अवस्था छ । त्यहीँ विषयमा छलफल भएको हो,’ मन्त्री कार्कीले भने । संसद् अधिवेशन बोलाउनेबारे प्रधानमन्त्रीसँग सभामुख र सत्तारुढ दलका नेताहरूबीच के कस्तो सहमति भएको भन्नेबारे भने मन्त्री कार्कीले बेही बताएनन् ।

बैठकमा सत्तारुढ गठबन्धनको एकता, सरकारका कामकारबाहीमा प्रभावकारिता र मन्त्रिपरिषद्लाई पूर्णता दिने विषय पनि उठेको प्रधानमन्त्री देउवाको सचिवालयले जानकारी दिएको छ ।

प्रधानमन्त्री देउवाले सत्तारुढ गठबन्धनभित्र संसद्बाट अमेरिकासँग गरिएको एमसीसी सम्झौता पास गराउने विषयलाई छलफलको विषय बनाएका छन् । एमसीसी पास गर्नकै लागि संसद् अधिवेशन बोलाउनुपर्ने प्रधानमन्त्री देउवाको जोड छ ।