काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ्य भएका छन् । ओली अस्वस्थ भएपछि शनिबारका औपचारिक कार्यक्रम र भेटघाट बन्द गरिएको छ ।
हल्का ज्वरो आएको छ । त्यसैले शनिबारको सबै कार्यक्रमहरु र भेटघाट रोकिएको छ,ओलीका प्रेस संयोजक रामशरण बजगाईंले भने, पछिल्लो समयमा निकै धपेडीमा रहेकोले ज्वरो आएको हुनसक्छ ।
शनिबार नेकपा (एमाले) काठमाडौं महानगर कमिटीले महानगरस्तरीय बृहत् कार्यकर्ता भेला गर्ने कार्यक्रम रहेको छ । उक्त कार्यक्रममा अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो ।





प्रतिक्रिया