देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

चीनसँग सीमा विवाद छैन, कसलाई खुसी पार्न समिति बन्यो : ओली

देशान्तर

काठमाडौँ — चीनसँग कुनै सीमा विवाद नरहेको बताउँदै प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कसलाई खुसी पार्नका लागि सरकारले अध्ययन समिति गठन गरेको हो रु भनेर प्रश्न गरेका छन् ।

काठमाडौंमा शनिबार आयोजित कार्यकर्ता भेलामा ओलीले भने, चीनसँग कुनै सीमा विवाद छँदै छैन । कसलाई खुसी पार्नका लागि चीनसँग सीमा विवाद भनेर समिति बनाउनुपर्‍यो रु कसलाई खुसी पार्न ?

चीनसँग सीमा विवाद छैन भन्दै ओलीले थपे, यो समितिले सीमा विवाद देखाओस् चुनौती दिन चाहन्छु । वर्तमान सरकारले चीनसँगको सम्बन्ध तनावग्रस्त बनाउन खोजेको ओलीको आरोप थियो । सरकारले चीनसँग सीमा विवाद रहेको भन्दै समिति गठन गर्ने निर्णय गरेपछि ओलीको यो प्रतिक्रिया आएको हो ।

मन्त्रिपरिषद्को बैठकले चीनले हुम्लामा नेपालको भूमि मिचेको भन्दै त्यसको अध्ययन गर्न समिति गठन गर्ने निर्णय गरेको थियो । उक्त निर्णयको सत्तारुढ दलसँगै प्रमुख प्रतिपक्षी दलले पनि विरोध गरेको हो ।