देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एकीकृत समाजवादीको पहिलो केन्द्रीय सचिवालयको बैठक आज बस्दै

देशान्तर

काठमाडौँ – एकीकृत समाजवादीको केन्द्रीय सचिवालयको पहिलो बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजे स्थायी समिति सदस्य डा. बेदुराम भुसालले जानकारी दिए । बैठकमा समसायिक बिषयमा छलफल हुने जनाइएको छ ।

यस्तै नेकपा एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारी विभाजन गरेको छ । केही दिन अघि बसेको स्थायी समिति बैठकले सातमध्ये ६ प्रदेशको इन्चार्ज तोक्नुका साथै ६ सदस्यीय केन्द्रीय सचिवालय गठन गरेको छ । त्यसैगरी उपत्यका विशेष प्रदेश कमिटी, प्रचार विभाग प्रमुख र प्रवास इन्चार्ज पनि तोकेको छ । पार्टीले वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा १३ सदस्यीय दस्तावेज मस्यौदा समिति पनि गठन गरेको छ । केन्द्रीय सचिवालयमा बेदुराम भुसाल, प्रमेश हमाल, राजेन्द्र पाण्डे, गंगालाल तुलाधर,जयन्त राई र जीवनराम श्रेष्ठ रहेक छन् ।

त्यस्तै प्रदेश इन्चार्जहरुमा प्रदेश १ को इन्चार्ज घनेन्द्र बस्नेत, प्रदेश २ मा धर्मनाथ साह, बागमतीमा केदार न्यौपाने, गण्डकीमा केशवलाल श्रेष्ठ, लुम्बिनीमा भागवत विश्वासी, कर्णालीमा प्रकाश ज्वाला तोकिएका छन् । सुदूरपश्चिम प्रदेश इन्चार्ज भने तोक्न बाँकी रहेको स्थायी समिति सदस्य भुसालले जानकारी दिए ।

त्यस्तै सो पार्टीले दस्तावेज मस्यौदा समिति पनि गठन गरेको छ । मस्यौदा समितिले छिटै आयोजना हुने राष्ट्रिय सम्मेलनमा पेस हुने दस्तावेजहरुको मस्यौदा तयार गर्नेछ ।