काठमाडौं – बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा नदिने संकेत गरेकी छन्।
आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रतिपक्ष जसरी प्रस्तुत हुन्छन् त्यसरी अगाडि बढ्ने बताएकी छन्। उनले प्रतिपक्षी दलका नेतासँग विगतमा राम्रो सम्बन्ध रहेकाले आगामी दिनमा पनि समझदारिताका साथ अगाडि बढ्ने विश्वास रहेको बताएकी छन् ।
निर्वाचन आयोगले एमालेबाट निर्वाचित प्रदेशसभा सदस्यहरुलाई एमाले मै बस्ने वा विभाजन भएर बनेका नेकपा (एकीकृत समाजवादी) पार्टी रोज्न भदौ २२ सम्म समयसीमा दिएकाले त्यसपछि जस्तो अवस्था आउँछ त्यसरी अगाडि बढने मुख्यमन्त्री शाक्यले प्रष्टीकरण दिइन्।
‘भदौ २२ गतेसम्म म्याद छ। त्यसपछि कसरी आउँछ हामीले हेर्नुप¥यो,’ उनले भनिन्, ‘हिजोको हाम्रो सम्बन्ध राम्रो नै छ। हामी समझदारिताका साथ अगाडि बढ्छौं।’
मुख्यमन्त्री शाक्यले आफू सरकारमा जति समय बसे पनि इमानदारिताका साथ जनताका लागि काम गर्ने प्रतिवद्धता व्यक्त गरिन्। ‘जति दिन बस्छौं आफ्नो नैतिक धरातललाई विचलित बनाउँदैनौं,’ उनले भनिन्, ‘इमानदारिका साथ जनताका लागि जे गर्न सक्छौं। छोड्नु परे पनि हामी तयार छौं।’





प्रतिक्रिया