देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अटो चालकको हत्या

देशान्तर

झापा – विर्तामोड नगरपालिका–४ मा एक व्यक्तिको हत्या भएको छ ।

कचनकवल गाउँपालिका–३ का अटो चालक ५० वर्षीय भात्रु राजवंशीको हत्या भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले मृतकको टाउको, अनुहारलगायत शरीरको विभिन्न ठाउँमा चोटपटक देखिएकाले उनको हत्या नै भएको बताउनुभयो । मृतकका छोरा १५ वर्षीय देवनारायण राजवंशीले कान्छा काकाले कोठामै बुबालाई मारेर भागेको प्रहरीलाई बताएका छन् ।

सोही वडामा डेरा गरी बस्ने ३८ वर्षीय रतनलाल राजवंशीले कुटेर मारेको र त्यसपछि आफ्नो ९ वर्षीय छोरा श्रीमनलाई साइकलमा लिएर भागेको प्रहरीलाई जानकारी आएकाले उनको खोततलास भइरहेको प्रवक्ता थापाको भनाइ छ ।