देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नख्खु कारागारभित्र कैदीबन्दीबीच झडप

देशान्तर

काठमाडौं – ललितपुरस्थित नख्खु कारागारभित्र कैदीबन्दीबीच झडप भएको छ। नाइकेहरूले कारागारमा रहेको होटलमा खानाको मूल्य बढाएको, रासन भत्तामा विभेद गरेको भन्दै कैदीबन्दीहरुले नाइकेहरूको विरुद्धमा नाराबाजी गरेका छन्।

कैदीबन्दीबीच झडपको स्थित सृजना भएपछि महानगरीय प्रहरी परिसर ललितपुरबाट थप प्रहरी परिचालन गरिएको परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक किरण बज्राचार्यले जानकारी दिइन्।

‘सात जना नाइकेरभाइनाइकेले रासन भत्तामा विभेद गरेको, भाषा प्रयोग गर्ने, खानेकुरा तथा सामान खरिदको विषयमा भेदभाव गर्दा कैदीबन्दीले नाराबाजी गरेका हुन्’ बज्राचार्यले भनिन्,‘कारागारको सिआरसी ब्लकमा रहेका कैदीबन्दी आन्दोलनमा उत्रेका हुन्।’

उक्त ब्लकमा ५ सय १५ जना रहेको र ५० जनाले नाराबाजी गरेको उनले जानकारी दिइन्।