देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

काठमाडौं उपत्यकामा वर्षकै ठूलो वर्षा, सिन्धुलीमा अलर्ट जारी

देशान्तर

काठमाडौं – काठमाडौँमा यसपालिकै सबैभन्दा ठूलो वर्षा भएको छ । राति २ बजेदेखि काठमाडौं उपत्यकाका धेरै ठाउँमा मेघगर्जनसहित ठूलो पानी परेको छ । मौसमविद् मिनकुमार अर्यालका अनुसार काठमाडौँमा पछिल्लो २४ घण्टामा १०५ मिलिमिटर वर्षा भएको छ ।

पछिल्लो तथ्याङ्क आइनसकेकाले अझ यो भन्दा धेरै वर्षा भएको हुन सक्ने मौसमविद् अर्यालले बताए। यसपालि बर्खा लागेपछि पहिलो पटक छोटो समयमा एकै पटक यति ठूलो वर्षा भएको पनि मौसमविद् अर्यालले बताए । पछिल्लो एक घण्टामा भक्तपुरको नगरकोटमा पनि ४१ मिलिमिटर पानी परेको छ ।

मनसुनी न्यून चापीय रेखा सामान्य अवस्था भन्दा तल रहे पनि बङ्गालको उत्तर पूर्वी भू-भागमा बनेको जलवाष्पयुक्त हावाको प्रभावले स्थानीय वायुको समेत विकास हुँदा मेघगर्जनसहित ठूलो पानी परेको मौसमविद् मिनकुमार अर्यालले जानकारी दिए।

काठमाण्डौ उपत्यकासहित वाग्मती प्रदेशका धेरै ठाउँमा अहिले पनि पानी परिरहेको छ । यस्तै, बङ्गालबाट आएको जलवाष्पयुक्त हावाकै प्रभावका कारण लुम्बिनी र २ नम्बर प्रदेशका धेरै ठाउँमा पनि पानी परिरहेको छ। आज दिनभरि नै मौसम बद्ली भइ धेरै ठाउँमा पानी पर्ने सम्भावना छ । यस्तै, भोलि पनि काठमाडौँ उपत्यकासहित धेरै ठाउँमा पानी पर्ने छ ।

यसैगरी, सिन्धुलीमा पनि भारी वर्षा भएको छ । हरिहरपुरगढी र त्यस क्षेत्रमा पछिल्लो ६ घन्टामा भारी वर्षा भएपछि महाशाखाले तटीय क्षेत्रका बासिन्दाको मोबाइलमा अलर्ट एसएमएस जारी गरेको छ । मोबाइल प्रदायक कम्पनीहरूको सहकार्यमा एसएमएस पठाइने गरिन्छ । आकस्मिक बाढी र ढुवानको जोखिम बढेको हो ।

त्यस्तै, चितवनको माडी क्षेत्रको छर्छरे, कल्याणपुर, कनकट्टा, गोविन्दवस्ती र आसपासका क्षेत्रमा तीन घन्टादेखि पानी परिरहेको छ ।