देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

रोल्पामा घर भत्किँदा दुई जनाको मृत्यु, दुई घाइते

देशान्तर

रोल्पा । रातभरि परेको अविरल वर्षाका कारण घर भत्किँदा रोल्पामा दुई जनाको मृत्यु भएका छन् । रोल्पा प्रहरीका अनुसार रोल्पा नगरपालिका- १० धवाङको बाम्लामा मध्यराति पूर्णबहादुर थापाको घर भत्किँदा करिब ५ वर्षीया बालिका र ७० वर्षीया गौरी थापाको मृत्यु भएको हो ।

घर भत्किँदा अन्य दुई जना सामान्य घाइते भएका छन् भने अन्य दुई घरमा पनि सामान्य क्षति पुगेको रोल्पा प्रहरी प्रमुख नरेशराज सुवेदीले बताए । सुवेदीका अनुसार उद्धारका लागि प्रहरी राति नै घटनास्थल पुगेको थियो ।

त्यस्तै सुनिल ४ सुलिचौरमा पार्किङ गरेर राखेको रा १ ख २०६८ नम्बरको बस फगाम खोलाले बगाएको छ । बस खोजीका लागि प्रहरी परिचालन गरिएको छ । स्थानीयका अनुसार उक्त बस विद्यालयको हो ।