देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

संखुवासभा हत्या प्रकरण : घटनास्थलमा तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली परिचालन

देशान्तर

संखुवासभा – संखुवासभाको मादी नगरपालिका १ को उम्लिङमा एकै परिवारका ६ जनाको हत्या भएको घटनाको अनुसन्धानका लागि तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली परिचालन गरिएको छ ।

घटनाको जानकारी पाएलगत्तै अनुसन्धानका लागि संघीय प्रहरी कार्यालय धरानका एसपी भीम दाहालको नेतृत्वमा तालिमप्राप्त कुकुरसहितको टोली खटिएको प्रदेश नम्बर १ का प्रहरी प्रवक्ता तथा प्रहरी उपरीक्षक नवीनराज राईले जानकारी दिए ।

‘घटनाको जानकारी प्राप्त भएलगत्तै एसपी साबको नेतृत्वमा तालिम प्राप्त कुकुरसहितको टोली घटनास्थलतर्फ प्रस्थान गरेको छ,’ प्रहरी प्रवक्ता राईले भने, तालिम प्राप्त कुकुरको सहयोगमा घटनाको सुक्ष्म अनुसन्धान हुनेछ।’ घटनामा संलग्न र घटनाको वास्तविकता चाडै बाहिर ल्याउने उनले बताए ।

प्रहरीले घटना संलग्न नउम्किउन् भनेर सतर्कता अपनाएको छ । एसपी राईका अनुसार घटना संलग्नहरु भाग्न सक्ने सम्भावित नाकाहरुमा निगरानी बढाइएको छ ।

प्रहरीका अनुसार ६ जनालाई धारिलो हतियारले हानेर हत्या गरेको पाइएको छ । परिवारका केही सदस्यको घर भित्र र केहीको शव घर बाहिर फेला परेको छ । परिवारका एक जना वृद्ध सदस्य भने जोगिएको प्रहरीले बताएको छ । उनी घाइते छन् । उनी आँखा पनि नदेख्ने र कामपनि नसुन्ने अवस्थाका रहेको बताइएको छ ।