देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सुदूरपश्चिममा नेकपा (एस) सबैभन्दा ठूलो दल

देशान्तर

धनगढी — सोमबार थप एक जना प्रदेश सांसदले नेकपा एमाले छाडेसँगै सुदूरपश्चिम प्रदेशसभामा नेकपा(एस) सबैभन्दा ठूलो दल भएको छ ।

सोमबार सांसद माया तामाङ बोहराले नेकपा (एस)मा सनाखत गरेकी हुन् ।

तामाङ यसअघि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली समूहमा थिइन् । उनले सनाखत गरेसँगै १४ जना प्रदेश सांसद भएको नेकपा(एस) सबैभन्दा ठूलो दल भएको छ । नेकपा एमाले पहिलो दलबाट चौथोमा पुगेको छ ।

एमालेमा कूल २४ जना(सभामुख बाहेक)सांसद रहेकोमा १४ सांसदले नेकपा (एकीकृत समाजवादी) रोजेका छन् । एमालेमा रहने सांसदको संख्या १० जना मात्रै भएको छ । सभामुख तटस्थ भूमिकामा रहन्छन् ।

सभामुखसहित ५२ जना रहेको सुदूरपश्चिम प्रदेशसभामा अब नेकपा (एस) मा १४, नेकपा माओवादी केन्द्र १३, नेपाली कांग्रेस १२, नेकपा एमाले १० र जसपा २ जना सांसद भएका छन् ।

भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारी, आन्तरिक मामिला मन्त्री पूर्णा जोशी र सामाजिक विकास मन्त्री लालबहादुर खड्का, राज्यमन्त्रीहरु चुनकुमारी चौधरी र मनाकुमारी साउँद, प्रमुख सचेतक दुर्गाकुमारी कामी, पूर्व मन्त्री माया भट्ट, पूर्वराज्यमन्त्री प्रकाश रावल र पूर्व प्रमुख सचेतक तारा लामा तामाङ, सांसदहरु सुशीला बुढाथोकी, कुलबीर चौधरी, अमर साउँद र बलबहादुर सोडारी र माया तामाङ बोहराले नेकपा(एस)रोजेका छन् ।