काठमाडौं– अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)को विषयलाई लिएर पाँच दलीय सत्तारूढ गठबन्धनमा विवाद उत्पन्न भएको छ। सरकारले एमसिसी अगाडि बढाउन थालेपछि गठबन्धनमा सहभागी विद्यार्थीहरू आन्दोलित भएका हुन्।
सरकार सम्मिलित नेकपा(एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियुले गृहमन्त्री बालकृष्ण खाँणको पुतला जलाएका छन्। गृह मन्त्रालयले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुतला जलाउनेलाई कारबाही गर्ने विज्ञप्ति जारी गरेपछि अनेरास्ववियुले थप विरोध गरेको हो।
सरकारको विरोध गर्दै समाजवादीको सुदेश पराजुली नेतृत्वको अनेरास्ववियुले मीनभवनस्थित नेपाल कमर्स क्याम्पसअघि प्रदर्शन गरेको छ। प्रदर्शनको क्रममा विद्यार्थीहरूले एमसिसीको विरोधमा चर्को नारा लगाएका थिए।
यस्तै, कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले एमसिसी संसदबाट पारित गराउन खोजेपछि गठबन्धनमा सहभागी रहेको राष्टिय जनमोर्चाले भदौ २२ देखि एमसिसीको विरोधमा देशव्यापी आन्दोलनको घोषणा गरिसकेको छ।





प्रतिक्रिया