काठमाडौँ- आज निजामती कर्मचारी दिवस विविध कार्यक्रम गरेर मनाइँदैछ । ‘व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन’भन्ने नाराका साथ निजामती सेवा दिवस मनाइँदै छ ।
विसं २०१३ भदौ २२ गते पहिलो निजामती सेवा ऐन जारी गरिएका अवसरमा २०६१ सालदेखि यो दिवस मनाउन थालिएको हो । यसैबिच निजामती सेवा दिवस, २०७८ का अवसरमा आजै ४० कर्मचारीलाई पुरस्कृत गरिने भएको छ ।
पुरस्कृतमध्ये १० कर्मचारीलाई उत्कृष्ट निजामती सेवा पुरस्कार’ प्रदान गर्ने निर्णय गरिएको छ भने ३० जनालाई निजामती सेवा पुरस्कारबाट सम्मानित गरिने भएको हो ।





प्रतिक्रिया