देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

‘जेठ २ जस्ताको तस्तै फर्किन्‍न’ : ओली

देशान्तर

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी ०७५ जेठ २ को अवस्थामा जस्ताको तस्तै नफर्किने बताएका छन् ।

एमाले कास्कीद्बारा मंगलबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले १० बुँदे पनि समस्या खडा गर्न नभई समस्या समाधान गर्नका लागि गरिएको बताए ।

‘नेकपाको दर्ता बदर भएपछि नेकपा (एमाले) र माओवादी सर्लक्क अलग भएको होइन, त्यो कानुनी कुरा हो । हामीले पार्टी एकीकरण गरेका थियौं २०७५ जेठ ३ गते । त्यो एकीकरण कायमै छ,’ उनले भने, ‘प्रचण्ड गुट अलग भएर गयो, माओवादी केन्द्रबाट आउनुभएका थुप्रै साथीहरु अहिले पनि यसै पार्टीमा हुनुहुन्छ । यो पार्टीको अहिलेको नाम नेकपा ९एमाले०को हो । यो हिजोको नेकपाको पनि निरन्तरता हो, एकीकणको पनि निरन्तरता हो ।’

 

उनले कतिपय ठाउँमा विनासित्ति जेठ २ को प्रसंग ल्याउने गरेको बताउँदै जेठ २ भनेको श्राद्धमा विरालो बाँधेजस्तो नभएको उल्लेख गरे ।

‘यो त पार्टीलाई गतिशील बनाउन र समस्या देखा परे भने समस्या समाधान गर्न हो । यो कुनै पार्टीसँग गरिएको सम्झौता होइन,’ उनले थपे, ‘हामीले माधव नेपाललाई पनि फुट्न नदिने भनेर बनाइएको कार्यदल थियो । त्यो क्षति रोक्न बनाइएको थियो । माधव नेपालले अस्वीकार गरे ।’

उनले १० बुँदेलाई उपयोग गर्दै पार्टीको समस्या समाधान गर्दै, भ्रम र अलमलमा परेकालाई पनि ल्याउँदै पार्टीलाई मजबुत बनाउने भएकोले यसलाई कुनै हाउगुजीका रुपमा नबुझ्न आग्रह गरे । ओलीले आगामी चुनावमा जित्ने गरी सहज रुपमा अगाडि बढ्न पार्टी पंक्तिलाई निर्देशन दिए ।