देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सुदूरपश्चिममा एमालेका दुई मन्त्रीद्धारा राजीनामा

देशान्तर

धनगढी – सुदूरपश्चिमका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले राजीनामा दिएका छन्।

उनीहरुले मुख्यमन्त्री त्रिलोचन भट्टलाई राजीनामा बुझाएका हुन्। दल विभाजनपछि पनि नेकपा एमालेमै रहने निर्णय गरेका एमाले संसदीय दलका नेतासमेत रहेका मन्त्री शाह र राज्यमन्त्री गहतराजले राजीनामा दिएका हुन्।

राजीनामा दिँदै शाहले भने ,‘मैले पार्टी र पदमा एउटा रोज्नुपर्ने थियो, लोकतन्त्र बलियो बनाउनका लागि मैले पार्टी रोज्दै राजीनामा दिएको हुँ।’ विगतमा शाह र गहतराज दुबै एमालेभित्र माधवकुमार नेपालको पक्षमा थिए।

सो समयमा अध्यक्ष केपी शर्मा ओली पक्षको केन्द्रीय कमिटी र प्रदेश कमिटीले गरेको निर्णयविरुद्ध शाह र गहतराज पटकपटक उभिएका थिए। प्रदेश सरकारबाट फिर्ता हुन पार्टीले दिएको निर्देशन अवज्ञा गर्दै संसदीय दलका नेता शाहकै अगुवाइमा मन्त्रिपरिषद् विस्तार भएको थियो।

तर दल विभाजन भएपछि भने शाह र गहतराजले माधव नेतृत्वको नवगठित नेकपा ९एकीकृत समाजवादी०लाई साथ नदिएका हुन्। सुदूरपश्चिममा माओवादी नेतृत्वको सरकारमा नेकपा एमाले पनि सहभागी थियो।

एमालेका सभामुखबाहेक २४ जना प्रदेश सांसदमध्ये १४ जनाले एकीकृत समाजवादीको पक्षमा सनाखत गरिसकेका छन्। सुदूरपश्चिम सरकारमा अब माओवादी केन्द्र र एकीकृत समाजवादीको मात्रै सहभागिता छ।