देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एमाले संसदीय दलको बैठक बस्दै

देशान्तर

काठमाडौं – नेकपा एमालेले आफ्नो संसदीय दलको बैठक बोलाएको छ। आजदेखि सुरु हुने संसद बैठकमा दलको रणनीति तय गर्न बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।

बिहान ९ बजे संसद भवनको ल्होत्से हलमा बैठक बस्न लागेको उनले बताए। संसदमा कसरी प्रस्तुत हुने लगायतका विषयमा छलफल गर्न दलको बैठक बस्न लागेको हो।

नेकपा एमालेको संसद बैठक सुचारु हुन नदिने संकेत छ। सरकारले दल विभाजन सम्बन्धि अध्यादेश ल्याएर आफ्नो दल फुटेपछि एमाले निकै आक्रामक बनेको छ।