देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नागढुंगाबाट स्रोत नखुलेको ११ लाखसहित भारतीय नागरिक पक्राउ

देशान्तर

काठमाडौं – चन्द्रागिरी नगरपालिका- २ नागढुंगाबाट स्रोत नखुलेको ११ लाख रुपैयाँसहित एकजना पक्राउ परेका छन्। भारत पश्चिम बंगालका १९ वर्षीय शोविक आदक मंगलबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ।

धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको बा ४ ख ४४५० नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार शोविकको झोलाबाट उक्त रकम बरामद गरिएको हो। यसबारे प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ।