देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

हामी अझै नसुध्रिए पार्टी विघटन गरिदिए हुन्छ : प्रचण्ड

देशान्तर

काठमाडौं – नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले जस्तै पार्टी हुने भए पार्टी विघटन गर्नु नै इमान्दारी भएको टिप्पणी गरेका छन्।

सुरेश वाग्ले ९बासु० र भीमसेन पोखरेल ९वैराग०को २२ औं स्मृति दिवसको अवसरमा आयोजित सभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘हामीहरूमा पनि एमाले जस्तै प्रवृत्ति भइरह्यो भने माओवादी भन्ने पनि लोगो मात्रै हुन्छ फेरि। यो खतरा गम्भीर रुपले देखिएको छ। हामी पनि त्यस्तै हुन्छ भने यो पार्टी किन चाहियो भन्ने बहस उठेको छ। एमाले जस्तै हुने हो भने यो पार्टीको औचित्य र आवश्यकता रह्यो भने। हामी नसुध्रिने हो भने यो पार्टीलाई विघटन गरिदिए भइहाल्यो नि।’

लोकतन्त्र र संविधान जोगाउनको लागि माओवादी नै लागेको उनको दाबी छ। परिवर्तनका लागि लड्ने पार्टी नै माओवादी भएको बताए।

प्रचण्डले भने, ‘पैसा कमाउने गुट बनाउन पदको लागि लुछाचुडि गर्नुपरे एमालेमै गए भइहाल्यो नि केही गएका छन्। त्यहाँ भए सबै मिल्छ पनि।’ आफ्नो लक्ष्यमा पुग्नेको लागि पार्टी संरचनालाई बलियो बनाउनका लागि सबै लागिरहेको बताए।

‘पहिलेको जस्तो हामी छैनौँ। हामी भिन्दै एजेण्डा र शैलीबाट आएको छौँ। त्यसलाई सुदृण गरेर जानुपर्छ। हामी अहिले बिग्रेका छौँ। हामी निस्स्वार्थ रूपमा वर्ग र क्रान्तिको लागि काम गर्ने पक्षमा छैनौँ। हामी व्यक्तिगत स्वार्थ पद, पैसा र आफूलाई सुरक्षित राख्नेतिर लागेका छौँ’ उनको भनाइ छ।

विचार र राजनीतिले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समाजवाद, समाजवादउन्मुख अर्थतन्त्र, उत्पादनका निम्ती संघर्ष गर्नुपर्ने बताए।

प्रचण्डले भने, ‘हामी कम्युनिष्ट हौँ, गल्तीलाई स्वीकार गर्न हामीलाई अप्ठेरो छैन। हामी इमान्दार छौँ राष्ट्र र जनताप्रति त्यही भएर अप्ठेरो छैन। तर, त्यसो गरेर हामीलाई रुपान्तरण नै गर्नुपर्छ क्रान्तिकारी दिशामा। अहिले हामी जनयुद्धतिर त जाँदै छैनौँ, त्यो परिस्थिति पनि अहिले छैन, शान्तिपूर्ण र प्रतिस्पर्धा नै छ।’

एमाले र कांग्रेस जस्तो पार्टी नहुने राष्ट्र र जनताप्रति इमान्दार क्रान्तिकारी र प्रगतिशील पार्टी नै नहुने भए पार्टी सकिने उनको भनाइ छ। एमाले विचारसँग प्रायः शून्य भएको बताए। बाहिरबाट पैसा ल्याएर चुनाव जित्नेको लागि जालझेल छलकपट गर्नमा एमाले नेताहरु माहिर भएको बताए।

प्रचण्डले भने, ‘मदन भण्डारीलाई कसले त्यस्तो गर्‍यो भन्ने कसैलाई वास्ता छैन। उत्तराधिकारी भन्नेहरु राष्ट्रपति र प्रधानमन्त्री र हुँदासमेत त्यसबारेमा छलफल हुँदैन। हुन्छ त उहाँलाई प्रयोग गरेर पद प्राप्ति गर्नु मात्रै रह्यो। उहाँहरुको मुख्य उद्देश्य भनेको पद र स्वार्थ व्यक्ति मात्रै हो।’