देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

लगानीको वातावरण बनाउन सरकार सकारात्मक छ : प्रधानमन्त्री देउवा

देशान्तर

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा वैदेशिक लगानी बढाउन वातावरण तयार गर्न सरकार सकारात्मक रहेको बताएका छन् ।

लगानी बोर्डको दसौँ वार्षिकोत्सवमा सम्बोधन गर्दै देउवाले राष्ट्रिय प्राथमिकताका योजनाहरूमा लगानीको वातावरण बनाउन लगानी बोर्डलाई निर्देशन दिए । उनले त्यसका लागि आवश्यक सहयोग गर्न सरकार प्रतिबद्ध रहेको समेत बताए ।

‘लगानीका लागि जहाँ अवरोधहरु छन्, तिनलाई सहजीकरण गर्न सरकार तयार छ । हाम्रो आफ्नै पुँजीले मात्रै नेपालको विकास अघि बढ्न सक्दैन । त्यसैले म वैदेशिक लगानीका लागि सबै लगानीकर्ताहरुलाई आह्वान गर्न चाहान्छु,’ देउवाले भने ।

उनले नेपालले लिएको दिगो विकासको लक्ष्य प्राप्तिका लागि राष्ट्रिय प्राथमिकताका योजना र क्षेत्रहरुमा लगानी बढाउनुपर्ने बताए । देउवाले लगानी बोर्डलाई दसौँ वर्षसम्म पुर्‍याउन मद्धत गर्ने सबै सरोकारवाला र यो अवधिमा नेपालमा लगानी गर्ने सबै लगानीकर्ताहरुप्रति धन्यवाद प्रकट गरे ।