काठमाडौँ – सत्ता गठबन्धन फुटाउन एमसीसी प्रयोग गर्ने षडयन्त्र भएको दाहालको आरोप, रुपान्तरण नभए माओवादी विघटन गर्न प्रस्ताव
काठमाडौं, भदौं २३ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)प्रयोग गरेर सत्ता गठबन्धन फुटाउने षडयन्त्र भएको आारोप लगाएका छन् ।
बुधबार काठमाडौंमा पार्टीले गरेको एक कार्यक्रममा दाहालले तर आफूले भने गठबन्धन र देशलाई क्षति नहुने गरी एमसीसीको समाधान चाहेको उल्लेख गरे । त्यस्तो सूत्र भने उनले भने ।
सत्ता गठबन्धन फुटाउन देशभित्र र बाहिरबाट षडयन्त्र भइरहेको भन्दै दाहालले भन्नुभयो, ‘यो गठबन्धन तोड्ने षडयन्त्र पनि भइरहेको छ, देशभित्रबाट पनि देश बाहिरबाट पनि । एमसीसी प्रयोग गरेर यसलाई फुटाउन सकिन्छ कि भनेर एकथरी लागिरहेका छन् ।’
प्रतिक्रान्तिलाई निरन्तरता दिन सत्ता गठबन्धन फुटाउने र माओवादीलाई घेरा हालेर सिध्याउने षड्यन्त्र भइरहेको उनको आरोप थियो ।
कार्यक्रममा अध्यक्ष दाहालले पार्टी रूपान्तरण पनि नहुने र क्रान्ति पनि नगर्ने हो भने माओवादी विघटन गरौं भन्ने प्रस्ताव गरेका छन् । नेतारकार्यकर्ता सजिलै रूपान्तरण हुने अवस्था नदेखिएकाले अलि बल गरेर पार्टीलाई रूपान्तरण गर्न र क्रान्तिकारी पार्टी बनाउन खोजेको तर्क पनि गरे ।
दाहालले एमाले र कांग्रेसजस्तो माओवादी हुन नसक्ने जिकीर गर्दै माओवादीको चरित्र क्रान्ति र परिवर्तन रहेको उल्लेख गरे ।





प्रतिक्रिया