देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

संसद अधिवेशन शुरु

देशान्तर

काठमाडौं – प्रमुख विपक्षी दल नेकपा एमालेले सभामुखको भूमिका नभएको र पार्टीले निष्कासन गरेका १४ सांसदलाई पदमुक्त नगरेको भन्दै संसद अधिवेशनको शुरुमै अवरोध गरेको छ ।

एमालेले भदौ १ गते माधव नेपालसहित १४ जना प्रतिनिधिसभा सदस्यलाई निष्कासन गरिएको सूचना संसद सचिवालयलाई दिएकोमा सभामुखले कानून बमोजिम सूचना टाँस नगरी एमाले विभाजनमा भूमिका खेलेको आरोप छ ।

बैठक शुरु हुनासाथ एमालेका सांसदहरु उठेर अवरोध गरेका छन् । माधव नेपालहरु संसदभित्र आउन पाउने हो भने टोपवहादुर रायमाझी र लेखराज भट्टहरु पनि पाउनुपर्ने तर्क एमालेको छ ।

अदालतमा मुद्दा विचाराधीन रहेको र २८ गते अन्तरिम आदेशका लागि छलफलमा झिकाइएकाले १४ जना सांसद अनधिकृत भएको भन्दै उनीहरुलाई बाहिर निकाल्नुपर्ने एमालेको माग छ ।

बैठक शुरु हुनासाथ एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सभामुखबाट कानून उल्लंघन भएको भन्दै आपत्ति जनाएका छन् । बैठक अहिले चलिरहेको छ ।