देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

शवको पोष्टमार्टम सुरु, हत्यारा छिट्टै पक्राउ पर्ने प्रहरीको दावी

देशान्तर

धरान – संखुवासभाको मादी नगरपालिका–१ खोलानाउँको उम्लिङमा अज्ञात समूहले विभत्स हत्या गरेका ६ जनाको पोष्टमार्टमा सुरु गरिएको छ । मंगलबार राति ६ जनाकै शव बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको थियो।

बीपी प्रतिष्ठानका फोरन्सिक विभागका एशोसियट प्रोफेसर डा। विकास शाह नेतृत्वको ६ जनाको टीमले शवको पोष्टमार्टम सुरु गरेको हो। प्रहरीले सबै मुचुल्का तयार गरी बुझाइ सकिएकाले शवको पोष्टमार्टम सुरु गरिएको डा। साहले बताए । उनले पोष्टमार्टममा आफूसँगै अन्य दुईजना डाक्टर र तीनजना कर्मचारीहरुको सहयोगमा पोष्टमार्टम सुरु गरिएको जानकारी दिए।

पोष्टमार्टम गर्न दिनभरी समय लाग्ने उनले बताए। पोष्टमार्टमका लागि जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्रहरीको टोली पनि आएको छ । सोमबार अज्ञात समूहले स्थानीय बौदमान कार्कीकी श्रीमती ८४ वर्षीया पार्वता कार्की, ५८ वर्षीय छोरा तेजबहादुर कार्की, ५२ वर्षीया बुहारी कमला कार्की, बौद्धमानकी नातिनी बुहारी ३२ वर्षीया रञ्जना कार्की, ११ वर्षीय पनाती दीपेन कार्की र ७ वर्षीया नातिनी गोमा कार्कीको हत्या भएको थियो ।

संघीय प्रहरी कार्यालय धरानबाट तालिम प्राप्त कुकुरसहित एसपी भीम दाहालको नेतृत्वमा प्रहरीको विशेष टोली हत्याराको खोजीमा परिचालन गरिएको छ । हत्याराको पहिचान नजिक पुगेको प्रहरीले बताएको छ।