देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

देशभर आंशिक वदली: तीन प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

देशान्तर

काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार आज (बिहीबार) बिहान देशभर आंशिकदेखि सामान्य वदली रही प्रदेश-१, प्रदेश-२ र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भएको छ ।

आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । विभागका अनुसार आज राति देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज हिन्दु नारीहरूको महान् पर्व तीज पनि हो। मौसमविदको भनाइअनुसार पर्व मनाउन आज मौसमले साथ नदिने सम्भावना छ ।

देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले पहाडी भू-भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्क हुन विभागले अनुरोध गरेको छ । निरन्तरको वर्षाले माटो गलेकाले सानो पानी पर्दा पनि पहिरो जानसक्ने भएकाले कमजोर पहाडमा बस्नेहरुले विशेष सतर्क हुनुपर्ने मौसमविद् प्रतिभा मानन्धर बताउँछिन् ।