देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एमाले स्थायी कमिटी आज बस्दै

देशान्तर

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटी बस्दै छ। बैठक अपराह्न ४ बजे तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्ने कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। बैठकका लागि दुई एजेन्डा तय भएको उनले बताए।

आजको बैठकमा विधान महाधिवेशन (प्रतिनिधि, दस्तावेज र व्यवस्थापन तयारी) र चालु संसद्मा पार्टीको भूमिकाको विषयमा छलफल हुने उनले जानकारी दिए। विधान महाधिवेशनलगायत विषयमा छलफल गर्न एमालेले बैठक बोलाएको हो। विधान महाधिवेशनका लागि प्रतिनिधि, दस्तावेज तथा व्यवस्थापनको तयारीमा एमाले जुटेको छ। एमालेले असोज ४ देखि ६ गतेसम्म विधान महाधिवेशन गर्ने तयारी गरेको छ।

विधान महाधिवेशन काठमाडौंमा हुनेछ। एमाले विभाजनको सन्दर्भमा सभामुखको भूमिकालाई लिएर एमालेले बुधबारको प्रतिनिधि सभा र राष्ट्रिय सभा अवरोध गरेको थियो। उसले एकीकृत समाजवादीका सांसदहरुलाई सदनबाट निष्काशन गर्न माग गरेको थियो।