देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एमसीसीबारे समान धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

देशान्तर

काठमाडौं – सत्तारूढ गठबन्धनको बैठक आज (शुक्रबार) बिहान बस्ने भएको छ । विहान ९ बजे बस्ने बैठकमा अमेरिकी सहयता मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे छलफल हुने जनाइएको छ ।

एमसीसी उपाध्यक्ष फतिमा सुमार काठमाडौं आएर विभिन्न दलका नेता तथा पूर्व प्रधानमन्त्रीहरुसँग भेट गरिरहेकी छिन् । यस्तै बैठकमा सरकार विस्तारबारे पनि छलफल हुनेछ । बिहीबार बालुवाटारमा बसेको गठबन्धनको बैठकमा कुनै विषयमा छलफल नभएको राष्ट्रिय जनमोर्चा नेपालकी सांसद दुर्गा पौडेलले जानकारी दिइन् ।

बैठकमा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव अनुपस्थित भए भने एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल ढिलोगरी पुगेका थिए । सोही कारण कुनै पनि विषयमा छलफल नभएको पौडेलले बताएकी थिइन् । एमसीसी उपाध्यक्ष फातिमा सुमारले आज प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्दै छिन् ।

फातिमाले हिजो प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपाल (जसपा) अध्यक्ष उपेन्द्र यादवलाई भेटी एमसीसीबारे धारणा बुझेकी थिइन् ।