देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आज देशका अधिकांश स्थानमा वर्षाको सम्भावना

देशान्तर

काठमाडौं – मौसम पूर्वानुमान महाशाखा अनुसार शुक्रबार बिहान नेपालमा भारतको मध्य प्रदेश आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। साथै मनसुन न्यून चापीय रेखा औसत स्थान नजिक रहेकाले हाल देशभर आंशिकदेखि सामान्य बदली रही कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा भएको छ।

दिउँसो देशभर सामान्य बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। राति पनि देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यस्तो छ एक साताको पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी एक साता मौसममा सुधार नहुने बताएको छ। यस साताका अधिकांश दिनहरूमा सामान्यदेखि पूर्ण मौसम बदली रहने जनाएको छ।

साताभरि पहाडी तथा तराई भूभागका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साताको मध्यतिर प्रदेश १ को तराई भूभाग र प्रदेश २ का एक वा दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्तै‚ महाशाखाले बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागमा साताको अन्त्यमा भीषण वर्षाको सम्भावना रहेको बताएको छ।

यस साता हिमाली भू-भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। देशका धेरैजसो स्थानमा न्यूनतम तापक्रममा उल्लेखनीय परिपवर्तन नहुने र अधिकतम तापक्रम हल्का घट्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।