देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कुलमानविरुद्धको मुद्दामा सुनुवाइ हुँदै

देशान्तर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्धको मुद्दाको सनुवाइ प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको इजलासमा हुने भएको छ।

घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेपछि पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य सर्वोच्च अदालत गएका थिए।

आफूलाई चार वर्षका लागि कार्यकारी निर्देशक नियुक्त गरिएको भए पनि हटाएको भन्दै उनले पुनर्बहालीको माग गरेका थिए।

यही मुद्दामा यसअघि पनि राणाकै इजलासले प्रारम्भिक सुनुवाइ गरेको थियो। ८ भदौमा राणकाको एकल इजलासले घिसिङलाई कामकाजमा रोक लगाउने गरि अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।

तीन दिन भित्र मन्त्रिपरिषद्को निर्णयका सक्कली फाइल झिकाएर पेश गर्न आदेश भएको थियो।