देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एमालेद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध, १५ मिनेटको लागी बैठक स्थगित

देशान्तर

काठमाडौँ- विपक्षी दल नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाको भूमिका निष्पक्ष नभएको भन्दै शुक्रबारको बैठक पनि अवरुद्ध पारेका छन् । बैठक सुरु हुनेबित्तिकै सभामुखको डायसअघि भेला भएर नाराबाजी गरेका छन् । यसअघि गत बुधबार पनि एमालेका सांसदहरुले नाराबाजी गर्दै अवरुद्ध पारेका थिए ।

सभामुख सापकोटाले प्रमुख प्रतिपक्षी दल एमालेले उठाएको विषयमा संसदमा छलफल हुनसक्ने बताएका छन् । दोस्रो बैठक सुरु हुनेबित्तिकै नाराबाजीमा उत्रिएका एमालेले पार्टी अनुशासनविपरीत गएको भन्दै कारबाही गरिएका सांसदरुलाई सांसद पदबाट हटाउनु पर्ने माग गर्दै आएको छ । संविधानको धारा १०५ ले अदालतमा विचाराधीन रहेको मुद्दाको न्याय निरुपण गर्नलाई प्रभावित गर्ने विषयमा बहस छलफल गर्न गर्न बन्देज लगाएको छ।

एमालेका सांसदहरुलाई अवरोध अन्त्य गर्नका लागि आग्रह गर्दै सापकोटाले भने, बाढी पहिरोलगायत अन्य जल्दाबल्दा विषयमा अन्य माननीय सांसदहरुलाई सांसदमा उठाउन र छलफल गर्न चाहनु भएको छ । एमालेले विरोध जनाइरहेपछि सभामुख सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् ।

यसअघि बुधबारको बैठक एमालेले अवरोधका कारण दुई पटक स्थगित गरिएको थियो । तेस्रो बैठकामा गृहमन्त्री बालकृष्ण खाँणले अवरोधका बीच राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ पेस गरेका थिए । त्यसपछि सभामुखे शुक्रबारका लागि अर्को बैठक बोलाइएको जानकारी सभालाई गराएका थिए ।

एमालेले भदौ १ गते संसद् सचिवालयमा एमालेका १४ जना सांसदमाथि कारबाही गरेको जानकारी दिएपनि त्यसलाई अघि नबढाएर सभामुखले भेदभावपूर्ण निर्णय गरेको आरोप लगाउँदै आएको छ ।