देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

महिला खेलाडीलाई प्रतिबन्धसँगै अफगानिस्तानको टेस्ट मान्यता गुम्ने खतरा

देशान्तर

काठमाडौं – छोटो समयमा ठूलो फड्को मारेको अफगानी क्रिकेट तालिबानको शासनसँगै पुन संकटतर्फ धकेलिएको छ।

तालिबानले केही समयअघि अफगानीस्तान कब्जा गर्दै सत्ता सम्हालेपछि अफगानीस्तान क्रिकेट संकटमा पर्ने आँकलन गरिएको थियो। जुन सत्य नजिक पुगेको छ।

तालिबानले मंगलबार अन्तरिम सरकारको घोषणासँगै सम्पूर्ण महिला खेलकुदको गतिविधिमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।

जसका कारण महिला टोलीलाई प्रतिबन्धसँगै अफगानीस्तानले सुरुवातमा टेस्ट राष्ट्रको मान्यता गुम्ने संभावना बलियो भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले अफगानीस्तान क्रिकेट बोर्ड (एसिबी)लाई समेत निलम्बन गर्न सक्ने छ। साथै क्रिकेट टोलीको टेस्ट को मान्यतासमेत गुम्ने खतरा बढेको छ।

आइसिसीको कुनैपनि टोली टेस्ट मान्यता पाउन त्यस देशको महिला टोलीले राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै स्तरमा प्रतियोगिता खेलेको हुनुपर्ने छ। त्यस कारण अफगानिस्तान टेस्टबाट एसोसिएटमा झर्ने सम्भावना बढेको छ। साथै स्वायत हुनुपर्ने क्रिकेट बोर्डमा तालिबानको प्रत्यक्ष हस्तक्षेप भएकाले स्वभाविक रुपमा प्रतिबन्धको खतरा बढेको हो।