काठमाडौँ – नेकपा एमालेका सांसदहरुको नाराबाजीबीच दोस्रो दिनको बैठक सुरु भएको छ । एमालेका सांसदहरु सभामुखको वेलअघि सारेर नाराबाजी गरिरहेका छन् भने सभामुख अग्निप्रसाद सापकोटाले संसदको कारबाही अघि बढाएका छन् । एक बजे सुरु भएको बैठक एमालेका सासदहरुले नाराबाजी जारी राखेपछि सभामुख सापकोटाले १५ मिनेट बैठक स्थगित गरेका थिए ।
१५ मिनेटको ब्रेकपछि सुरु हुने बित्तिकै एमाले सांसदहरुले संसदको सर्वोच्चता कायम राख्नुपर्ने भन्दै नाराबाजी सुरु गरेका थिए । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले बजेट अध्यादेशविरुद्धको सूचनाको विषयमा धारणा राख्ने समय दिएका थिए । सुवालले बैठकमा सो सूचना फिर्ता लिएका थिए । त्यसपछि सभामुख सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई बजेट अध्यादेश टेबुल गर्न समय दिएका थिए ।
एमालेका सांसदहरुको नाराबाजी जारी रहेको छ । सभामुख सापकोटाले टेबुल गरिएको अध्यादेश छलफलमा लैजाने प्रस्ताव बहुमतले स्वीकृत भएको बताए । त्यसैगरी राष्ट्र ऋण उठाउने सम्बन्धी अध्यादेश र अन्य अध्यादेशहरु प्रस्तुत गर्ने समय सभामुख सापकोटाले समय दिएका थिए ।





प्रतिक्रिया