देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एमाले स्थायी कमिटी बैठक स्थगित, भोलि बिहान बस्ने

देशान्तर

काठमाडौं– नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ । सांसद रहेका नेताहरु प्रतिनिधिसभामा विरोध र नाराबाजीमा रहेकाले आज ४ बजेलाई निर्धारित बैठक शनिबार बिहान ९ बजे बस्नेगरि स्थगित भएको प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिए ।

एमालेको विधान महाधिवेशनका प्रस्तावमाथि छलफल गर्न बैठक बोलाइएको हो । स्थगनको सूचना आएपछि बैठकस्थलमा पुगेका नेताहरु फर्किएका थिए ।