देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

थप ११४६ जनामा कोरोना संक्रमण, २१ जनाको मृत्यु

देशान्तर

काठमाडौं– पछिल्लो २४ घन्टामा थप १ हजार १ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न प्रयोगशालाहरुमा गरिएको ५ हजार ५४९ जनाको पीसीआर र २ हजार ३६७ जनाको एन्टीजेन गरी १० हजार ९१६ जनामा गरिएको परीक्षणका क्रममा १ हजार १४६ जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार २७९५८ जना सक्रिय संक्रमित रहेका छन्।

मन्त्रालयका अनुसार देशका विभिन्न भागमा गरि कोरोना संक्रमणका कारण २१ जनाको मृत्यु भएको छ।