
नेपाली हिन्दु महिलाहरूको महान् चाड हरितालिका तीज मनाइ सकेर आज ऋषिपञ्चमीको पूजा गरिँदै छ। आज ऋषिपञ्चमीको पूजा गरेपछि हरितालिका सकिनेछ।
हरितालिका तीजसँग ऋषिपञ्चमीको महत्त्व पनि जोडिएको छ। नारीहरू रजस्वला हुँदा जानेर वा नजानीकनै गरिएका ‘पाप’हरूबाट मुक्ति पाउनका लागि ऋषिपञ्चमीको व्रत गर्ने परम्परा छ। शास्त्रमा भनिएको ‘पाप’लाई आधुनिक समयमा भने ‘गलत क्रियाकलाप’का अर्थमा पनि बुझिने गरेको छ।
आधुनिक समयमा रजस्वलालाई स्वाभाविक जैविक प्रक्रियाका रूपमा मानिरहेका भए पनि शास्त्रीय मान्यतामा विश्वास गर्नेहरूले भने अझै ‘पाप’का रूपमा नै बुझिरहेका छन्। र, शास्त्रहरूमा पनि रजस्वलालाई नराम्रो कुराकै रूपमा अर्थ्याइएका कारण अझै पनि हाम्रो समाजका नारीहरू पीडित भइरहेका पनि छन्। तर, परम्परा र रीतिलाई जोगाउँदै नकारात्मक कुराहरू त्याग गर्दै राम्रा कुरालाई निरन्तरता दिनु उपयुक्त हुने समाजास्त्रीहरूको मत रहिआएको छ।





प्रतिक्रिया