देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एमसीसी उपाध्यक्ष सुमारसहितको टोलीले आज अर्थमन्त्री शर्मासँग भेट गर्ने

देशान्तर

नेपाल भ्रमणमा रहेको अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसीसी उपाध्यक्ष फातिमा सुमारसहितको टोलीले आज अर्थमन्त्री जनार्दन शर्मासँग भेट गर्ने कार्यक्रम छ ।

टोलीले अर्थमन्त्री शर्मासँग भेट गरेर अहिलेसम्म भएको प्रगति र अनुमोदन प्रक्रियाका विषयमा जानकारी लिन लागेको हो ।

टोलीले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र उर्जामन्त्री पम्फा भुसालसँग छुट्टाछुट्टै भेट गरेको थियो ।

सुमारको टोलीले संसदबाट सम्झौता अनुमोदन गराउने पहल स्वरुप बिहीबारदेखि नै राजनीतिक भेटवार्तालाई तिव्रतादिएको छ ।

यसअघि टोलीले एमाले अध्यक्ष केपी ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल तथा जसपा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईसँग पनि छलफल गरेको थियो ।

भेटका क्रममा नेताहरुले सम्झौताका केही विषय परिमार्जन हुनुपर्ने बताएका छन् । सत्तारुढ गठबन्धनले भने एमसीसीवारे साझा र प्रस्ट धारणा राखेको छैन । एमसीसी सम्झौता अहिले पनि प्रतिनिधि सभामा विचाराधीन छ । एमसीसी पास गर्ने नगर्नेबारे दलहरू विभाजित छन् ।