देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

संशोधनसहित एमसीसी सम्झौता पारित गर्ने एमालेको नीति हो : भट्टराई

देशान्तर

काठमाडौँ — नेकपा एमालेका सचिव तथा प्रचार विभागका प्रमुख योगेश भट्टराईले मिलेनियमन च्यालेन्ज कर्पोरेसनसँग भएको सम्झौता संशोधनसहित पारित गर्ने पार्टीको नीति भएको बताएका छन् ।

तुल्सीलाल स्मृति भएको स्थायी कमिटीको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै भट्टराईले संशोधनसहित एमसीसी पारित गर्ने नेकपाकै समयमा भएको निर्णयमा अहिले पनि एमाले निर्णयमै कायम रहेको बताए ।

नेकपा हुँदा नै तीन सदस्यीय कार्यदल बनाएका थियौं । त्यो कार्यदलको सुझावमा एमसीसीको सम्झौतालाई संशोधन सहित अघि बढाउने भन्ने सुझाव थियो ।

त्यसको अर्थ एमसीसीलाई अस्वीकार गर्ने वा एमसीसी हुँदै हुँदैन भन्ने हाम्रो निष्कर्ष होइनु उनले भने एमसीसीको सम्झौतामा रहेका कतिपय प्रावधानहरुलाई पुनर्व्याख्या गरेर नेपालको राष्ट्रिय हित थप अनुकुल बनाउनु पर्ने छ । यो सबै विषयमा आवश्यक संशोधन गरेर एमसीसी अघि बढाउने भन्ने त्यस समयको निर्णय हो । अहिले पनि हाम्रो पार्टी त्यो निर्णयमा कायम छ ।

एमसीसी अनुमोदनको विषयमा सरकारले लिने नीतिमा आधारमा अघि बढ्ने रहेको भट्टराईले भने । एमालेले बुधबार बिहान भएको संसदीय दलको बैठकमा समेत एमसीसीको विषयमा छलफल भएको उनले बताए ।

नेपाल भ्रमणमा रहेकी एमसीसीको उपाध्यक्ष फातिमा सुमारसँगको भेटमा पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको पोजिसन हेरिरहेको बताएका थिए ।