देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एमसीसी उपाध्यक्ष र अर्थमन्त्रीबीच भेटवार्ता

देशान्तर

काठमाडौं – मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की उपाध्यक्ष फतिमा सुमारले अर्थमन्त्री जनार्दन शर्मासँग भेट गरेकी छिन् । उपाध्यक्ष सुमार र अर्थमन्त्री शर्माबीच शनिबार सिंहदरबारस्थित अर्थमन्त्रालयमा भेट भएको हो ।

बिहीबार काठमाडौं आएकी सुमारले यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड साथै जनता समाजवादीका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराई तथा अर्का अध्यक्ष उपेन्द्र यादव लगायतसँग भेट गरेकी थिइन् ।

शनिबारको भेटमा उपाध्यक्ष सुमारले संसदबाट यथाशिघ्र एमसीसी अनुमोदन गरी कार्यान्वयनमा लैजान आग्रह गरेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ । जवाफमा अर्थमन्त्री शर्माले एमसीसी अनुमोदन गर्ने वा नगर्ने भन्ने विषय अहिले छलफलकै क्रममा रहेको बताएका छन् ।