देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एमालेको विधान महाधिवेशन सर्‍यो

देशान्तर

काठमाडौँ – एमालेको असोज ४ देखि ६ गतेसम्मका लागि तोकिएको विधान महाधिवेशन सरेको छ ।

शनिबार बसेको स्थायी कमिटी बैठकले विधान महाधिवेशन असोज १५ देखि १७ गतेका लागि सार्ने निर्णय गरेको महासचिव ईश्वर पोखरेलले जानकारी दिए । उहाँका अनुसार दस्तावेज तयारी लगायत काम नसकिएकोले महाधिवेशन सारिएको हो ।

विधान महाधिवेशन काठमाडौंमा हुने छ । त्यसको तयारीका लागि असोज ३ र ४ गते स्थायी कमिटी बैठक बस्ने पार्टी सचिव योगेश भट्टराईले जानकारी दिए । उनका अनुसार बैठकमा विधान महाधिवेशनमा प्रस्तुत हुने विधान संशोधनसम्बन्धी प्रस्ताव, राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रतिवेदनहरु प्रस्तुत हुनेछन्

स्थायी समितिमा ती प्रतिवेदनमाथि छलफल गरी प्राप्त सुझावहरुलाई असोज ८ र ९ गते बस्ने केन्द्रीय कमिटी बैठकमा पेस हुने छ । केन्द्रीय कमिटी बैठकमा छलफल गरी ती दस्तावेजहरु विधान महाधिवेशनमा पेस गरिने सचिव भट्टराईले जनाए ।