देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

संखुवासभा हत्याकाण्डका आरोपी सार्वजनिक

देशान्तर

संखुवासभा – सङ्खुवासभाको मादी नगरपालिका १ उम्लिङमा तेजबहादुर कार्कीको परिवारका ६ जनाको बीभत्स हत्या गर्ने आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ ।

शुक्रबार नै पक्राउ गरिएका जिल्ला प्रहरी कार्यालय सङ्खुवासभा हत्या आरोपी २६ वर्षीय लोकबहादुर कार्कीलाई सार्वजनिक गरेको हो। आफूमाथि गरेको अपमानको बदला लिन सुरुमा तेजबहादुरको हत्या गरेको र त्यसलाई लुकाउन अन्यको हत्या गरेको बयान उनले दिएका छन्।

गत सोमबार उम्लिङको खोलागाउँमा ५२ वर्षीय तेजबहादुर कार्की, उनकी आमा ८४ वर्षीया पार्वती, श्रीमती ५२ वर्षीया कमला, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना, नाति ११ वर्षीय दीपेन र नातिनी ७ वर्षीया गोमाको हत्या भएको थियो।

हत्या आरोपमा पक्राउ परेको व्यक्ति कार्की परिवारकै आफन्त रहेको अनुसन्धानमा खुलेको छ। घटनाको अनुसन्धानका लागि प्रदेश १ का प्रहरी प्रमुख नायब महानिरीक्षक अरुणकुमार बिसी, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लगायतको टोली खटिएको थियो।