काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलनरत पक्षलाई आन्दोलन फिर्ता लिई काममा फर्कन आग्रह गरेको छ।
आइतबार एक विज्ञप्ति जारी गरी मन्त्रालयले आन्दोलनरत पक्षका अधिकांश माग सम्बोधन भइसकेका बताएको छ। बाँकी माग पूरा गर्दै जाने बताउँदै मन्त्रालयले तत्काल आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह गरेको हो।
मन्त्रालयले आन्दोलनरत पक्षले उठाएका माग र सम्बोधन भएका ८ बुँदासमेत सार्वजनिक गरेको छ।
प्रतिष्ठानका पदाधिकारीको कारबाही प्रक्रिया सिनेटबाटै अघि बढाइने, मन्त्रालयका तर्फबाट गरिएको अध्ययन प्रतिवेदन तत्काल सार्वजनिक गरिने मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ।
त्यस्तै प्रतिष्ठानमा भएको भ्रष्टाचारबारे अख्तियारले सबै कागजात लिइसकेको बताउँदै मन्त्रालयले सिनेट बैठकबाट उच्चस्तरीय छानबिन आयोग गठन गरिने भन्दै आन्दोलनका सबै कार्यक्रम स्थगित गर्न अनुरोध गरेको हो।





प्रतिक्रिया