देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

संसदको अवरोध हटाउन विपक्षी दलसँग वार्ता गर्ने सत्तारुढ गठबन्धनको निर्णय

देशान्तर

काठमाडौं – सत्तारुढ गठबन्धनको बैठकले संसदको अवरोध हटाउन विपक्षी दलसँग छलफल गर्ने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले सरकार गठनलगायतका अन्य विषयमा समेत छलफल गरेको थियो ।

करिब दुई घण्टा बसेकोे बैठकमा सरकार विस्तार, मन्त्रालय भागवण्डाको विवाद र राजनीतिक दल सम्बन्धि अध्यादेश के गर्ने भन्ने विषयमा छलफल गरे पनि संसदको अवरोध हटाउने विषयमा नै छलफल केन्द्रित रहेको बताइएको छ ।