देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

‘मर्यादापालकका काँध चढ्ने कोसिस नगरौं’ :ओली

देशान्तर

काठमाडौँ — एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले एमाले संसदीय दलको आइतबार बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बसेको बैठकमा आफ्ना सांसदहरूलाई संसदभित्र मर्यादित बन्न निर्देशन दिएका छन् ।

गत शुक्रबार प्रतिनिधिसभामा भएको घटनामा एमाले सांसदहरूले गरेका गतिविधिको आलोचना भइरहेका बेला ओलीले मर्यादाभित्रै बसेर विरोध गर्न निर्देशन दिएका हुन् ।

‘मर्यादापालकका काँध चढेर जाने कोसिस नगरौं’ उनले भने,‘मर्यादापालकहरूले स्पेस दिनुपर्छ ।’ उनले मर्यादापालकहरूलाई पनि विरोधको स्थान दिन आग्रह गरे ।

‘वेल खाली ठाँउ हो, त्यो सभामुखको आसन होइन त्यहाँ जान पाउनुपर्छ । वेलमा नै अवरोध गर्दा त्यसले बढी आक्रोशतर्फ लैजान्छ’ उनले भने,‘मर्यादापालकले सेकुरिटी मात्र दिने हो ।’ उनले बढी कन्फ्रन्टेसनको बाटोतर्फ नलैजान सभामुखको ध्यानाकर्षण गराए । उनले मर्यादापालकको परिचालनमा संसदीय मर्यादा बाहिर नजान पनि आग्रह गरे ।